प्रतिमा तोडफोडपछि गृहमन्त्रीलाई पत्र

प्रतिमा तोडफोडपछि गृहमन्त्रीलाई पत्र

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गले आदिमपूर्खा सुम्निमा पारुहाङको प्रतिमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छन् । संघीय सरकारलाई लेखेको पत्रमा उनले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितोपोखरीस्थित किरातीहरुको आस्थाको प्रतिक सुम्निमा पारुहाङको प्रतिमा तोडफोडप्रति दुःख व्यक्त गरेका छन् । घटनाको सूक्ष्म अनुसन्धान र दोषीउपर कारबाहीको माग गर्दै गृह मन्त्रालयमा पत्र पठाएका हुन् । 

उनले त्यस्ता ध्वंसात्मक गतिविधिलाई रोक्न आवश्यक सुरक्षाका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै लेखिएको छ, ‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देशमा यस्ता कुकृत्यका कारण सामाजिक सद्भाव बिग्रने, राष्ट्रिय एकता कमजोर हुने साथै समग्र देशकै शान्ति सुरक्षाको स्थिति बिग्रने भएकोले यो र यस्ता ध्वंसात्मक गतिविधिलाई रोक्न आवश्यक सम्पूर्ण सुरक्षाका उपायहरु अप्नाइयोस् भनि माग गर्दछु ।’

टिप्पणीहरू