राजदूतहरु पत्नीसहित इलाममा, अमेरिकी,चीन र भारतीय काठमाडौंमै

काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु नेपाली नयाँ वर्षको पहिलो सूर्योदयका लागि परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासहित इलाम पुगेका छन् । १३ देशका राजदूतहरु श्रीमतीसहित बुद्ध एअरको उडानमा झापाको भद्रपुर हुँदै इलामको श्रीअन्तु गएका हुन् ।
परराष्ट्र मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रमको संयोजक परराष्ट्र सचिव अमृत राई छन् । नायव शिष्टाचार महापाल प्रवीण भट्टराईसमेत रहेको टोलीमा नेपालका लागि जापानी राजदूत माएदो तुरो,इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबाली,इजरायली राजदूत स्मुलिक एरी बास, स्विट्जरल्याण्डका राजदूत डानियल मेउली मोन्टे लिओन भएको मन्त्रालय स्रोतले बतायो ।
डिप्लोम्याटिक रिट्रिट नामक उक्त कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ,बेलायती राजदूत रोब फेन,थाइल्याण्डका राजदूत सुवापोनी सिरिसोर्न, अष्ट्रेलियाली राजदूत लिन जोन्सटोन र फ्रान्सेली राजदूत भर्जिन कोर्टेभालसहित ३१ सदस्य छन् । तर,नेपालका छिमेकी मुलुकहरु चीन,भारतसँगै पाकिस्तान, बंगलादेश,श्रीलंकाका राजदूत उक्त कार्यक्रममा सहभागी छैनन् । महाशक्ति राष्ट्र अमेरिका र रुसका राजदूतको पनि सहभागिता छैन ।
टिप्पणीहरू