सिंघम रिटर्नपछि सडकमा सुधार

सिंघम रिटर्नपछि सडकमा सुधार

धनुषामा एक जना ट्राफिक प्रहरी अधिकृतको फेरबदलीले सडकको बेथितिमा केही सुधार आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका इन्सपेक्टर हरि वलीको कामकारबाहीले ट्राफिक व्यवस्थापनमा सुधार आएको स्थानीय तथा चालकहरुको भनाइ छ ।

जिल्लामा ट्राफिक नियम पालनामा कडाई, प्रचार प्रसार तथा विद्यालय र कलेजहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले पनि उनको चर्चा भएको हो । पछिल्लो समय जिल्लाका प्रमुख सडक तथा चोकमा ट्राफिक चिन्ह अंकित बोर्डहरुसमेत राखिएको छ ।

जुँगा पालेका वलीलाई स्थानीयले भारतीय सिनेमाका पात्र सिंघमसँग तुलना गरेका हुन् ।

 

टिप्पणीहरू