गृहमन्त्रीको पुतला दहनपछि सहमति

वीरगञ्जमा हिजो भएको आगजनीको घटनापछि उत्पन्न तनाव साम्य भएको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा हिन्दू र मुसलमान समुदायबीच भएको आगजनी र हिंसात्मक घटनापछि उनीहरुले पाँच बुँदे सहमति गरेका छन् ।
त्यसअघि सोही घटनालाई लिएर जनकपुरमा गृहमन्त्रीको पुतला दहन गरिएको थियो । वीरगंजको शोभा यात्रामाथि भएको ढुँगा प्रहारलाई लिएर जनकपुरस्थित राष्ट्रिय एकता अभियानले प्रदर्शनसँगै गृहमन्त्रीको पुतला दहन गरेको हो ।
उनीहरूले दोषीहरूलाई तत्काल पक्रेर कानूनी कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्री र मन्त्रालयको चर्को विरोध गरेको बताइन्छ ।
यता वीरगञ्जको जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठक र पाँच बुँदे सहमतिबीच विवाद मत्थर हुँदै गएको छ । सहमतिमा दोषीहरुमाथि विस्तृत छानबिन हुने, साम्प्रदायिक सद्भाव कायम राख्ने, घाइतेहरुको निःशुल्क उपचार गर्ने, क्षति पुगेकालाई क्षतिपूर्ति दिलाइने, कुनैपनि जात्रा, पर्व, समारोहमा हातहतियार प्रदर्शन नगर्नेलगायत सहमति गरिएको छ ।
टिप्पणीहरू