राष्ट्रपतिको सवारी मार्गमा सादा पोशाकका सुरक्षाकर्मीहरू

राष्ट्रपतिको सवारी मार्गमा सादा पोशाकका सुरक्षाकर्मीहरू

राष्ट्रपति रामचन्द्र पौडेल आज स्वयम्भू पछाडिको हलचोक जाँदै हुनुहुन्छ । उहाँ अपरान्ह ५ बजे शीतल निवासबाट हलचोकको आकाश भैरव मन्दिर जाने कार्यक्रम तय भएको छ ।

हलचोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी रुटमा सादा पोशाकका सुरक्षाकर्मी प्रशस्त खटाउन लागिएको बताइन्छ । पानीपोखरी, लैनचौर, सोह्रखुट्टे, बालाजु, बनस्थली, स्वयम्भू रुटको कम्तीमा चार ठाउँमा सादा पोशाकका कर्मचारीहरु खटाउन लागिएको हो ।

 

टिप्पणीहरू