नयाँ वर्षको झुल्के घामसँगै विदेशी राजदूतहरुलाई विशेष आग्रह

नयाँ वर्षको झुल्के घामसँगै विदेशी राजदूतहरुलाई विशेष आग्रह

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशी राजदूतहरुलाई नेपालको ‘पर्यटन राजदूत’ बनिदिन आग्रह गर्नुभएको छ । नयाँ वर्षको पहिलो बिहान इलामको श्रीअन्तुबाट सूर्योदयसङ्गै उहाँले आफ्नो मुलुक र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरूसँगै सक्दो प्रचार गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रहसमेत गर्नुभयो । १३ मुलुकका राजदूतहरु श्रीमतीसहित र अन्य कूटनीतिक नियोगका प्रतिनिधिहरु गरि झण्डै तीन दर्जन पाहुना हिजो राजधानीबाट इलामको कन्याम हुँदै श्रीअन्तु पुगेका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित रिट्रिट कार्यक्रमका सहआयोजक नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका हुन् । कार्यक्रममा परराष्ट्र सचिव अमृत राईले इलामको पर्यटन,कृषि र सांस्कृतिक विविधतावारे चर्चा गर्नुभएको छ ।

टिप्पणीहरू