भारतीय पर्यटकको नयाँ रोजाई बन्दै चीन

चीनले भारतीय पर्यटक भित्र्याउन विद्यमान भीसा नियमलाई सरल बनाएको छ । भीसा शुल्क घटाउनेदेखि आवेदन प्रक्रियालाई पनि सरल बनाइएपछि भारतीय पर्यटकको संख्या बढेको अवस्था छ । पछिल्लो तीन महिनामा झण्डै ९० हजार भारतीय चीन यात्रामा निस्केका छन् ।
नयाँ दिल्लीस्थित चिनियाँ राजदूत सु फेइहोङले चीन हेर्न,चिनियाँ संस्कृति बुझ्न र चिनियाँ खानाको स्वाद चाख्न सामाजिक सञ्जालमा भारतीय मित्रहरुलाई आग्रह गरेका छन् । यो वर्षको पछिल्लो तीन महिनामा ८५ हजार भीसा जारी भइसकेको दूतावासले जनाएको छ । मार्चसम्म उक्त संख्या ५० हजारको हाराहारीमा थियो ।
चीनले भारतीय पर्यटक भीसामा बायोमेट्रिक आवश्यक नपर्ने,भीसाको प्रक्रियालाई छोट्याउने,भीसा शुल्क घटाउने र पर्यटनका लागि उत्प्रेरित गर्ने नीति लिएपछि त्यता जाने भारतीयको संख्या बढेको हो । अर्कोतर्फ दुई मुलकबीच पाँच वर्षदेखि रोकिएको सोझो हवाइ उडान शुभारम्भ हुन लागेको छ ।
टिप्पणीहरू