एमाले अध्यक्षको प्रिय पात्र, राजातिर लपक्क

कुनै विषयमा राम्रो अध्ययन र अनुभव भएका व्यक्तिहरुलाई प्राज्ञिक वर्ग भनिन्छ । यस्तो वर्गले मुलुकलाई मार्गनिर्देशन गर्न प्रभावकारी भूमिका खेलिरहेका हुन्छन् ।
तर, यतिबेला भने एक प्राज्ञको कारण नेपाल प्राज्ञिक मञ्चमा किचलो चर्किएको छ । अहिले मञ्चको अध्यक्ष छन्, प्रा.डा. जगमान गुरुङ । नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपतिसमेत रहेका उनी राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक पनि हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहको ‘बक्सिस’ मा राजा फर्काउने आन्दोलनको नेता बनेका नवराज सुवेदी तीनकुने काण्डसँगै नजरबन्दमा परेपछि कार्यवाहक बनेका उनै गुरुङले प्राज्ञिक मञ्चका अन्य सदस्यलाई जबर्जस्ती ‘राजावादी’ करार गर्न खोजेपछि लफडा शुरु भएको हो ।
‘हामी प्राज्ञ हौं,संविधान र सार्वभौमसतालाई विश्वास गछौँ, उहाँ (गुरुङ) चाहिँ कसरी त्यो मार्गमा जानुभयो,उहाँको कुरा हो । हामीले चाहिँ अर्को नेतृत्वलाई अघि साछौँ, राजीनामा दिनुस् भनेका छौँ’,
मञ्चका झण्डै दुई दर्जन प्राज्ञले राजीनामा दिने तयारी गरेको बुझिएको छ । एक प्राज्ञका अनुसार गुरुङ मञ्चका सबै प्राज्ञहरु राजसंस्थाको पक्षमा रहेको देखाउन चाहन्छन् । जबकि गुरुङसहित एक-दुई जनाबाहेक अरु सबै गणतन्त्रको पक्षमा रहेको बताइन्छ ।
जनआस्थाको सम्पर्कमा आएका ती प्राज्ञ भन्छन्, ‘उपकुलपति भइसकेको मान्छे किन भूत (पूर्वराजा)को पछाडि लागिरहनुभएको छ,बुझ्नै सकेका छैनौँ, वित्थामा प्राज्ञिक मञ्चको बद्नाम भइरहेको छ ।’
अहिले गुरुङ देशभरका प्राज्ञहरु राजसंस्थाको पक्षमा रहेको देखाएर व्यवस्था उल्टाउने रणनीतिमा लागेको उनको बुझाई छ । तर, प्राज्ञिक मन्चलाई कुनै राजनीतिक बिचारको मतियार बनाउने दिवा सपना पूरा नहुने उनी बताउँछन् ।
‘हामी प्राज्ञ हौं,संविधान र सार्वभौमसतालाई विश्वास गछौँ, उहाँ (गुरुङ) चाहिँ कसरी त्यो मार्गमा जानुभयो,उहाँको कुरा हो । हामीले चाहिँ अर्को नेतृत्वलाई अघि साछौँ, राजीनामा दिनुस् भनेका छौँ’, उनले थपे ।
स्मरण रहोस्, गुरुङ ०७५ पुसमा नेकपा एमालेको कोटाबाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाउनुअघि गुरुङको चर्को तारिफसमेत गरेका थिए । तर, कार्यकाल सकिएपछि राजसंस्थाको पक्षमा वकालत गर्दै हिँडेका उनलाई उक्त पदमा लैजाने ओलीले आत्मालोचना गरेका छैनन् ।
टिप्पणीहरू