शिक्षकका मागमा आयोगको चासो

शिक्षकका मागमा आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आन्दोलन लम्बिँदै जाँदा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान प्रभावित हुने देखिएको भन्दै आयोगले वार्तामार्फत यथाशीघ्र समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।

आफ्ना मागहरु सम्बोधन गर्न आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय रहेको उल्लेख गर्दै आयोगले विद्यालयहरु बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितामा बाधा उत्पन्न हुनेतर्फ पनि सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षाजस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरुसँग विगतमा सरकारले गरेका सम्झौताहरुको कार्यान्वयन गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

टिप्पणीहरू