जेठमा राजा फर्किने दावी, पाइन्ट लगाएका तान्त्रिकले साधना गरिरहेकाे खुलासा
राजसंस्था पुर्नस्थापनको लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक प्रा.डा. जगमान गुरुङले जेष्ठ देस्रो हप्ताभित्र अभिष्ट शिथिल हुने बताएका छन् । अर्थात, उक्त समयभित्र मुलुकमा राजसंस्था फर्किने उनको दावी छ ।
आज राजावादी युवाहरुको प्रतिवद्धता सभालाई सम्बोधन गर्दै उनले त्यतिञ्जेल आ-आफ्नो ठाउँबाट आन्दोलन जारी राख्न निर्देशन पनि दिएका छन् । ‘अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन, धैर्य गर्नुन्’, गुरुङले भने, ‘जेठको दोस्रो हप्ता सम्ममा हाम्रो आन्दोलन सफल हुन्छ ।’
उनले यसो भनिरहँदा समर्थकहरुले ‘समय टाढा भयो’ भन्दै हल्ला शुरु गरेका थिए । तर, गुरुङले ‘यहाँ कुरा सुन्नुस्, आन्दोलन त गर्दै जाने हो, तर आत्तिने र मात्तिने गर्नु हुँदैन’ भन्दै शान्त बनए ।
भदौँमा दशैँ मनाउन नमिल्ने भन्दै राजसंस्था पुर्नस्थापनको लागि पनि शुभमूर्हुत आउने गुरुङको तर्क छ । उनले दोहोर्याउँदै अघि भने, ‘नआत्तिनुस् । भदौमा दशैँ मनाएर हुँदैन । जेठो दोस्रो हप्ता हाम्रो अभिष्ट शिथिल हुनेछ, मूर्हुत आउदैछ ।’
रोचक के भने, उनले राजसंस्था पुर्नस्थापनाको लागि केही तान्त्रिकहरुले साधना गरिरहेको पनि खुलाएका छन् । कार्यक्रममा सहभागी भएका तान्त्रिकहरुको नाम लिदै भने, ‘किशोर चापागाई, भगवती ढकाल, निलम राना, माथि आउनुस् स्टेजमा’।
स्रो क्रममा गुरुङले ढकालको पाइन्ट हेरेर नझुक्निन पनि समर्थकलाई आग्रह गरे । ‘भगवती ढकालले पाइन्ट लगाएर बसेकी छन्, यस्तो पनि तान्त्रिक हुन्छन् भनेर नझुक्किनुहोला । दुई वटा ट्रक, एउटा बस र दुई मोटरसाइकलले किच्दा पनि बाँचेकी मान्छे हो, उ । किनकि, उसको शरीरमा भैरवको वास छ’, उनले थपे ।
टिप्पणीहरू