युट्युबमा भाइरल शर्मिला वाइबाको टाउको फुट्यो
युट्युबमा विभिन्न फण्डा निकालेर चर्चामा आउने गरेकी शर्मिला वाइबाको टाउकोमा रड प्रहार भएको छ । उनलाई हिजो राति काठमाडौेंको बौध्दमा पछाडिबाट रड हानिएको बताइन्छ ।
लगत्तै उनलाई नजिकैको स्तुपा अस्पताल लगिएको थियो । सामाजिक अभियन्ता बताउने शर्मिलाको टाउकोमा टाँका लगाइएको छ । यसअघि हास्यकलाकार पवन खतिवडाको श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुमा उनको हात रहेको आरोप लाग्दै आएको छ ।
शर्मिलामाथि प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि पुण्य गौतमलाई पनि दुर्गा प्रसाईंका कार्यकर्ताले मरणासन्न हुनेगरी कुटेका थिए ।
टिप्पणीहरू