माइतीघरमा शिक्षक आन्दोलन, कुमारीपाटीमा एमालेको छुट्टै छलफल

माइतीघरमा शिक्षक आन्दोलन, कुमारीपाटीमा एमालेको छुट्टै छलफल

दुई सातादेखि आन्दोलनरत शिक्षकहरु राजनीतिक छलफलमा जुटेका छन् । आफ्ना माग पूरा नभएको,सरकारले काममा फर्कन दबाब दिएको,कक्षा १२ को परीक्षा नजिक आइरहेको सन्दर्भमा उनीहरुको आन्दोलन अप्ठेरोमा परेको छ ।

यही अवस्थामा एमाले निकट शिक्षकहरु छलफलमा जुटेका छन् । ललितपुरको कुमारीपाटीस्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालयमा एमाले नेताहरुसँग संगठनका नेताहरु बिहान पौने ९ बजेदेखि कुराकानीमा सँलग्न छन् । 

संगठनका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षता र एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यमा भएको छलफलमा सचिव योगेशकुमार भट्टराई,प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठलगायतको उपस्थिति छ । 

स्रोतका अनुसार जिल्ला समिति अध्यक्षहरु,संगठनबाट शिक्षक महासंघमा प्रतिनिधित्व गर्ने अध्यक्षहरु पनि छलफलमा जुटेका छन् ।

शिक्षकहरूले अर्को साताबाट शुरु हुने कक्षा १२ को परीक्षामा सहभागी नहुन सबै शिक्षक र कर्मचारीहरूलाई आह्वान गरेका छन् । यसले कक्षा १२ को परीक्षा अनिश्चित भएको छ । यस पटक उक्त परीक्षामा साढे पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । 

यसअघि २०६३ सालमा दोस्रो जनआन्दोलन, २०७२ मा महाभूकम्प र २०७७ सालमा कोभिड महामारीका कारण कक्षा १२ को परीक्षाको तालिका प्रभावित भएको थियो ।
 

टिप्पणीहरू