ब्याक लिस्टमा पर्ने ठेकेदारको संख्या थपियो
प्रतिबद्धताबमोजिम काम नगर्ने चार ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो । ब्ल्याक लिस्टेड हुनेहरुमा बिल्ड ब्रदर्श कस्स्ट्रक्सन प्रालि, एसएम कन्स्ट्रक्सन, राना फर्निचर सःमिल उद्योग र गौरीगोमा निर्माण सेवा छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि डेढ वर्षसम्मका लागि कालोसूचीमा परेका यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
टिप्पणीहरू