राप्रपाले निषेधित क्षेत्र तोड्नु अगावै शिक्षकहरुले सडक खाली गर्ने
झण्डै तीन सातादेखि राजधानीको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा मध्यान्हपछि आन्दोलन गर्दै आएका शिक्षकहरुले भोलि बिहानै आफ्ना कार्यक्रम गर्ने भएका छन् । दिउँसो १२ बजेपछि राप्रपाको निषेधित क्षेत्र तोड्ने कार्यक्रम भएकाले शिक्षकहरुले भोलि बिहान प्रदर्शन गर्ने जनाएका छन् ।
आन्दोलनको आह्वानकर्ता शिक्षक महासंघले भोलि बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने भएको छ । यसअघि १२ बजेदेखि ३ बजेसम्म गरेका थिए ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न निषेधित क्षेत्रमा कार्यक्रम गर्ने जनाएपछि शिक्षकहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनको समय अघि सारेको हो । यसअघि चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने धेरै भवनमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
टिप्पणीहरू