भीम रावलसँग मिलेका एमाले नेतामाथि कारबाही

भीम रावलसँग मिलेका एमाले नेतामाथि कारबाही

नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश लेखा कमिटीका सदस्य बालगिरी कुवँरलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको आचारसंहिता तथा अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई साधारण सदस्यसमेत नरहनेगरी निष्काशित गरिएको छ ।

पार्टी विधानको धारा ८० को उपधार १ र २ को कसुरमा कुवँरलाई कारबाही गरिएको प्रदेश कमिटी सचिव रणबदाहुर चन्दले जानकारी दिए । उनका अनुसार कुवँर पछिल्लो समय डा. भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएकी छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गत माघमा सबै प्रदेशका इञ्चार्जहरुलाई रावलको अभियानमा लाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएका दिएकाले सोहीबमोजिम धमाधम कारबाही गरिएको बताइन्छ ।

टिप्पणीहरू