प्रधानमन्त्रीलाई कान समातेर उठबस गराउन माग

प्रधानमन्त्रीलाई कान समातेर उठबस गराउन माग

राष्ट्रिय सभा सदस्य एंव नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले काम गर्न नसक्ने प्रधानमन्त्रीलाई कान समातेर उठबस गराउनुपर्ने बताएका छन् । 

आज दिउँसो बसेको आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मुलुकको समस्या समाधान गर्न नसक्ने व्यक्तिलाई प्रधानमन्त्री मान्न नसकिने पनि प्रष्ट पारे । प्रधानमन्त्री ओलीकै कारण ‘घर न घाट’को बनेका गौतमले पिउने पानीदेखि विद्यालयसम्मका समस्याबारे सरकार बेखबर रहेकाे पनि बताए ।

दुरुपयोग भइरहेका सार्वजनिक जग्गालाई राष्ट्रियकरण गरेर विकासको खाका कोर्नुपर्ने उनको भनाई छ । ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो, त्यसपछि बसेर योजना बनाउनुपर्‍यो’, गौतमले भने, ‘प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सयपटक उठबस गर्नेछु भनेर वाचा गराउनुपर्‍यो ।’

त्यसो गर्न नसक्नेहरु प्रधानमन्त्री बन्न लायक नहुने गौतमको तर्क छ । ‘यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, यीनिहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ’, उनले थपे ।

टिप्पणीहरू