एमसीसी बन्द भएपछि विदेशीको आश नगर्न सल्लाह
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि विदेशीको मुख ताक्न नहुने बताउनुभएको छ । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले अमेरिकी सहयोग परियोजना (एमसीसी) बन्द भएको सन्दर्भ उल्लेख गर्नुभएको हो ।
बैठकमा भन्नुभएको छ, ‘अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको छ । अब नेपालले आफ्नो विकास अरूको आशमा गर्ने होइन ।’
एमसीसीअघि अमेरिकाको अर्को सहयोग नियोग युएसएआईडी पनि बन्द भएको छ । एमसीसी लागु गर्न अमेरिकाले नेपालका राजनीतिक दलमाथि दबाब दिँदा आन्तरिक विवाद उत्कर्षमा पुगेको थियो ।
टिप्पणीहरू