भारतीय दूतावासमा परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय राज्य जम्मू–काश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्नुभएको छ । लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजित शोक सभामा बोल्दै उहाँले पहलगाममा भएको आतंकवादी आक्रमणको नेपालले निन्दा गरेको जानकारी दिनुभयो ।
उहाँले उक्त दुःखद घटनामा मारिएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । मारिएका नेपाली सुदीप न्यौपानेको शवलाई तत्काल नेपालसम्म ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘घनिष्ठ छिमेकी र परापूर्वकालदेखिको मित्रको नाताले नेपाल भारतले चालेको आतंकवाद विरोधी अभियानको पक्षमा छ ।’
कार्यक्रममा महन्थ ठाकुर,सर्वेन्द्रनाथ शुक्लालगायत नेपाली नेता तथा कार्यकर्ताको पनि उपस्थिति थियो ।
टिप्पणीहरू