राति असहमति, बिहान बालुवाटारमा बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाउनुभएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा मूख्यतः शिक्षक आन्दोलन रहेको बताइन्छ ।
शिक्षकहरूसँग नियमित वार्ता भए पनि सहमति जुट्न सकेको छैन । गएराति पनि सहमति जुट्न नसकेपछि सबै दलसँग छलफल गर्न लागिएको हो । विशेषगरी राज्यकोषमा आर्थिक भार पर्ने माग पूरा गर्न सरकार तयार देखिँदैन । शिक्षकहरु शिक्षा ऐन र आर्थिक सुविधाका माग पूरा गर्नैपर्ने अडानमा छन् ।
त्यसैगरी शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । त्यसबारे पनि दलहरुको संयुक्त बैठकमा जानकारी गराइने तयारी छ ।
टिप्पणीहरू