एनआरएनएमा जित्नासाथ पेरिसडाँडा प्रस्थान
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नयाँ अध्यक्ष महेश श्रेष्ठ माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् । हिजो निर्वाचित श्रेष्ठ नयाँ कार्यसमिति सहितमाओवादी शीर्ष नेताहरुसँग भेट गर्न पौने ९ बजे माओवादी मुख्यालय छिरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्तामा महासचिव देव गुरुङ,पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनलगायत तीन दर्जनबढीको उपस्थिति छ ।
सत्ता गठबन्धनमा काँग्रेस–एमाले रहे पनि एनआरएनएमा भने माओवादी र काँग्रेस मिलेका छन् ।
श्रेष्ठलाई काँग्रेस–माओवादी गठबन्धनले एनआरएनको अध्यक्ष बनाएको हो । बद्री केसी नेतृत्वमा अर्काे कार्य समिति क्रियाशील छँदै ‘एकता अधिवेशन’ मार्फत् श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिइएको देखिन्छ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले महाधिवेशनको उद्घाटन र समापन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो ।
सत्ता गठबन्धनमा काँग्रेस–एमाले रहे पनि एनआरएनएमा भने माओवादी र काँग्रेस मिलेका छन् । काँग्रेस र माओवादी गठबन्धनले सर्वाेच्च अदालतको आदेशबमोजिम नयाँ नेतृत्व चयन गरिएको दावी गरेको छ ।
टिप्पणीहरू