प्रतिनिधि सभाको बैठक बिहान, राष्ट्रिय सभाको दिउँसो

प्रतिनिधि सभाको बैठक बिहान, राष्ट्रिय सभाको दिउँसो

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको दिउँसो १ बजे राखिएको छ ।

प्रतिनिधि सभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेश गर्ने कार्यसूची छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्नुहुने बताइएको छ ।

आजको कार्यसूचीमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल हुँदै छ ।

टिप्पणीहरू