अर्थमन्त्रीले आज संसदमा जवाफ दिँदै

अर्थमन्त्रीले आज संसदमा जवाफ दिँदै

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिनुहुने छ । उहाँले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे डाकिएको छ । आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने छ ।

टिप्पणीहरू