मदन–आश्रित स्मृति दिवस : बल्खुको कार्यक्रममा प्रधानमन्त्री जाँदै

नेकपा एमालेले आज जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको सम्झनामा मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । काठमाडौंको बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगरमा स्मृति दिवस मनाउने कार्यक्रम छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरिँदैछ ।
एमालेका सबै प्रदेश तथा जिल्ला कमिटी एवम प्रवासका कमिटीले समेत आज स्मृति सभा आयोजना गर्दैछन् । ती कमिटीहरुलाई आज सिर्जनात्मक तथा विविध कार्यक्रम गरेर मदन–आश्रित स्मृति दिवस मनाउन महासचिव शंकर पोखरेलको निर्देशन छ ।
जनसङ्गठनलाई सामूहिक श्रमदानमा आधारित युवा केन्द्रित कार्यक्रमहरू गर्न र मातहत कमिटीमार्फत गराउनका लागि निर्देशन दिइएको छ । प्रवासका कमिटीहरूलाई समेत स्मृति दिवस मनाउन परिपत्र गरिएको छ ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो ।
टिप्पणीहरू