सिके राउतको नाममा विदेशमा उठाइएको रकम झ्वाम

सिके राउतको नाममा विदेशमा उठाइएको रकम झ्वाम

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गैरआवासीय मधेशी संघबाट अब कुनै पनि प्रकारको लेबी वा शुल्क नउठाउने भएको छ । विदेशमा रहेका आफ्ना समर्थक तथा सदस्यबाट उठाउँदै आएको रकममा अनियमितता भएपछि यस्तो निर्णय गर्नुपरेको जनाइएको छ ।

संघको कार्ड छपाई शुल्कबाहेक सदस्यहरुबाट अन्य कुनै शुल्क वा लेबी नउठाउने जनमतको निर्णय छ । यसले अनावश्यक विवाद, आरोप तथा असमझदारी कम गर्दै विशुद्ध रुपमा संगठन विस्तारमा लाग्न र सदस्य बढाउने विश्वास लिइएको पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए । 

त्यस्तै, संघका सदस्यहरुको विवरण एकमुष्ठ रुपमा दिइएको फाराम प्रयोग गरेर हरेक देशका समितिले बुझाउनसक्ने र प्रत्येक महिना सबै समितिले नयाँ सदस्यहरुको विवरण केन्द्रीय संगठन विभागलाई अपडेट गर्न उपलब्ध गराउनुपर्ने निर्णय भएको उनले जानकारी दिए ।

टिप्पणीहरू