गाडी ठोक्किएपछि सांसदहरु र डिएसपी सडकमा
कोशी प्रदेशका चार सांसद सवार गाडी र जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्का सवार गाडी एक आपसमा ठोक्किएका छन् ।
सांसदहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको बिएइ १४०६ नम्बरको गाडी र डिएसपी खड्का सवार बा.५ च ३५२० नम्बको गाडी मोरङको कानेपोखरीमा ठोक्किएका हुन् ।
सांसदहरु प्रदेश सभाको बैठकमा सहभागी हुन विराटनगर जाँदै गरेको र डिएसपी खड्का झापा फर्किंदै गरेको बताइएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी देवप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार सांसदहरु सवार गाडी भेषराज श्रेष्ठले चलाएका थिए ।
टिप्पणीहरू