अखिलमा उमेर हदले आगो

अखिलमा उमेर हदले आगो

एमालेको उच्च श्रोतले अखिलमा  ३२ वर्षको उमेरहद लाग्छ भनेर आधिकारिक सूचना जनआस्थालाई दिएपछि चैत २७ गते उससम्बन्धी समाचार  भएको थियो । 

नभन्दै मातृ पार्टी एमालेको ५२ औं सचिवालय बैठकले भ्रातृ संगठन अनेरास्ववियुमा ३२ उमेरहद लगाउने निर्णय गरेको छ । उमेरहद लागेपछि पदाधिकारीमा अञ्जना शिवाकोटी, दिपक धामी, आरती भट्टराई, प्रकाश पौडेल र सुजन कडरिया मात्र बाँकी छन् । 

सचिव आरती भट्टराईले के गर्छिन् प्रष्ट छैन तर अञ्जना शिवाकोटीको उमेर बाँकी रहेको हुँदा ध्यान महासचिवमा रहेको छ । बाँकी ३ जना सचिवमध्ये सशक्त दावेदार दिपक धामी र प्रकाश पौडेल देखिएका छन् । सुजन ३१ वर्षका भए । उपाध्यक्षहरू धर्म गिरी, गोवीन्द गिरी, नारायण घर्ती र मर्यादा बिष्टले दिपक धामीलाई अघि सारेका छन् । समिकको रोजाई प्रकाश पौडेल हुन सक्छन् । सुजनालाई नरेश रोकायाको समर्थन देखिन्छ । 

पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, संगठन विभाग प्रमुख आकाश घर्ती मगर, त्रिविका नेता सिद्धान्त भट्ट, युवा इञ्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, ल क्याम्पस स्ववियु अध्यक्ष समिर रिजाल, अस्कल स्ववियु अध्यक्ष रुद्रहरि पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, नेपाल कमर्स क्याम्पसका स्ववियु अध्यक्ष विशाल रोका, आरआरका जन्मराज उपाध्याय, मदन भण्डारी, पाटनका नितिन पाण्डे, महेन्द्ररत्नका स्ववियु अध्यक्ष ईश्वर थापा, त्रिवि स्ववियु कोषाध्यक्ष सञ्चमाया सुब्बा, चितवन कार्यक्षेत्र भई उपाध्यक्ष धर्म गिरीसँग फागुन ८ गते प्रगतिशील बिहे गरेकी रचना सापकोटा, दाङ इञ्चार्ज भिमा डिसी, शंकरदेवकी मुना तिवारी, चक्रवर्ती ल क्याम्पसका बिहानी पंगेनी, नेपाल कमर्स क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी, शर्मिला भण्डारी आदि इच्छुक छन् । 
 

टिप्पणीहरू