न्यायाधीशलाई जोगाउन भयंकर बल

न्यायाधीशलाई जोगाउन भयंकर बल

इँटाभट्टामा मान्छेलाई जिउँदै पोलेबापत जन्मकैद भोग्दै आएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमले जेठ १४ गते जनकपुर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासबाट उन्मुक्ति पाएपछि बजारमा खालखालका खिचडी पाकेका छन् । न्यायाधीश डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध उजुरी परे पनि प्रधानन्यायाधीश प्रकाश राउतले छानबिनतर्फ चासो देखाएका छैनन् । 

न्यायाधीश डा. नवराज थपलियाको जागिर हिँडाउने काममा समेत डा.थारूको हात रहेको बताइन्छ । ती दुवै पाटन उच्च अदालतमा सँगसँगै बसेका थिए । त्यसबखत तत्कालीन का.मु.प्रधानन्यायाधीश दीपककुमार कार्कीले थारूले लेखेको किताव लोकार्पण गरेको र उनले नवराजविरुद्ध प्रमाण संकलन गर्नेदेखि बुझाउनेसम्मका काम गरेको आरोप लाग्दै आएको छ । 

परराष्ट्रमन्त्री आरजु राणाको छनोटका न्यायाधीश, कानुनमन्त्री, कांग्रेसकै, प्रधानन्यायाधीश प्रकाशमानसिं राउत नेपाली कांग्रेसनिकट भएकाले पनि अफताब आलम प्रकरणमा छानबिन हुन गाह्रो छ ।  त्यसो त ऊबेला सर्वोच्च अदालतको न्यायाधीशमा राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले दावा गरेका थिए । उनी सुशील कोइराला गुटका र राउत भने देउवा निकटका हुनाले अदलीबदली भएको स्रोत बताउँछ । तार्किक बहस गर्ने वकिलहरूमा कुँवर अग्रणी मानिन्थे । गण्डकी प्रदेश प्रमुखसमेत भइसकेका कुँवर पूर्वआइजिपी वसन्त कुँवरका दाजु हुन् । 

रौतहट जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दाउपर बहस हुँदा आलमको तर्फबाट काठमाडौंबाट वरिष्ठ वकिलहरूसमेत ठूलो हुल उपस्थित भएको थियो । तर, उच्च अदालत वीरगञ्जको फैसला भने तामझाम नगरी सट्याकसुटुक गरिएको देखिन्छ । कसैले हेर्न नमान्ने र सकेसम्म पन्छाउने खोज्दै आएको अफताव आलमको सो मुद्दामा यस्तो निर्णय आउने कुरा कसैले सोचेकै थिएन । नसोचेको फैसला आएपछि धेरै जना आश्चर्यचकित भए । 

टिप्पणीहरू