प्रधानमन्त्रीलाई गालीगलौज गर्ने टिकटकर थुनामै

प्रधानमन्त्रीलाई गालीगलौज गर्ने टिकटकर थुनामै

प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा समातिएकी टिकटकर रमा बस्नेत थप तीन दिन हिरासत रहने भएकी छन् ।

सोमबार पक्राउ परेकी उनलाई अझै तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला आदलत काठमाडौँले प्रहरीलाई अनुमति दिएको हो । प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेकी ३१ वर्षीय बस्नेतमाथि सामाजिक सञ्जालको दूरुपयोग गरी जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याएको अभियोगमा अनुसन्धान भैरहेको छ । 

सोमबार पक्राउ परेकै दिन अदालतबाट ३ दिनको म्याद लिई अनुसन्धान थालेकोमा आज पुन: म्याद थप गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाउने तयारी छ ।

टिकटकमा लाइभ बसेर तथा भिडिओ बनाएर सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र एमाले पार्टीको निन्दा र भर्त्सना गर्दै आएकी बस्नेत रवि लामिछाने र रास्वपाको 'अन्धभक्त' समर्थक हुन् । उनलाई पक्राउ गरेकोमा रास्वपाका नेताहरूले बिरोधमा बोलिरहेका छन् ।  

मूलधारका राजनीतिक दल र नेता-कार्यकर्तालाई तथानाम गाली गर्दै सञ्जाल रंग्याउने बस्नेतको टिकटकमा रविको समर्थन गरिएका भिडिओ पोष्टहरु देख्न सकिन्छ ।

टिप्पणीहरू