मन परेकालाई चिफ, अरुमाथि इख

मन परेकालाई चिफ, अरुमाथि इख

‘मन परेकालाई चिफ, अरुसँग इख’ यो अन्त होइन नेपाली सेनामा हुर्किरहेको एउटा गलत संस्कार हो । मन नपरेकामाथि नियतवशको कारबाही, शैक्षिक योग्यतामा जबर्जस्त विवाद भ्रष्टाचार लागेर नियमित अभ्यासजस्तै भइसके । मन परेकालाई थप्ने, अरुलाई रोक्ने अभ्यास पहिलेदेखि अहिलेसम्म उस्तै रहेको स्रोत बताउँछ । 

दिपक बानियाँले मज्जासँग दुई वर्ष लेफ्टिनेन्ट जनरल खान्थे । तर गणेश श्रेष्ठको निम्ति लाइन सोझ्याउँदा १३–१४ महिना बाँकी भएका बानियाँले घर जानुपरेको छ । कात्तिकदेखि निर्मल थापाको ठाउँमा दिपकले खान्थे तर अब नयाँ अध्याय शुरु भयो । 

धर्मपालवरसिंह थापादेखि अशोक सिग्देलसम्म आइपुग्दा सेनाभित्र शिकार हुनेको नियति फेरिएको छैन, बरु उस्तै छ । ‘धर्मपालको पालामा दुई जना लेफ्टिनेन्ट जनरल भनेर बसेका थिए । सिबी खत्रीलाई दिएनन् । त्यसपछिका कटवाल, छत्रमानको पालामा खास त्यस्तो काखापाखा देखिएन । तर, अरुले जबर्जस्ती कारबाही गर्ने र आफ्नालाई माथि लाने प्रतिस्पर्धा गर्न थाले ।’

गौैरवसमशेर राणाले प्रेमप्रकाश थापालाई दिएको भए चिफ हुन्थे । तर कारवाही गरेर थन्क्याइदिए । राजेन्द्र क्षेत्रीका पालामा पनि विनोज बस्न्यातलाई थपेनन् । र, पूर्णचन्द्रलाई चिफ बनाइदिए । पूर्णचन्द्रले सञ्जयसिंह भण्डारीलाई र प्रभुराम शर्माले अनन्त कार्कीलाई उस्तै गरे । जसको कारण ती पनि दुई तारेबाटै घर जान बाध्य भए । सेनाले ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न कुनै समय सूचना नै निकालेको थियो । अन्ततः जन्ममितिको विवाद झिकिएपछि पाण्डेले दिएको राजीनामा राजीनामाले सिग्देलको निम्ति बाटो खुला भयो । 

अहिले बानियाँलाई घर पठाइयो । अशोकपछि गणेश श्रेष्ठलाई सम्भार रथी दिइयो । स्रोतले सेनामा हुने चलखेलबारे भन्यो, ‘अचम्म छ । सामान्य नियमअनुसार तीनतारे मुन्तिर सबै हुनुपर्ने हो तर खरिदका सारा काम हेर्ने सम्भारलाई मात्रै चिफको मुन्तिर राखिएको छ । सिग्देलले विश्वासिलो गणेशलाई आफ्नो कार्यकालभरि लेफ्टिनेन्ट जनरल बनाएर राख्न खोजेको प्रष्ट हुन्छ । अनुपजंग थापा चिफ हुने देखिन्छ । किनकि सन्तुलन मिलाउन सक्ने, बुद्धि खियाउने र रणनीतिमा उनी उत्तिकै माहिर मानिन्छन् । 

अहिलेका चिफको बाहिर खासै तालिम छैन । तर वरियता बढ्दै गएपछि पत्रकार, पोलिटियसयन सबै चिफ हुने अरुको केही नहुने स्थिति छ । 

भारतमै थन्किए हेलिकोप्टर

मनसुन लागिसक्दा सेना उद्धार र राहतका काममा अहोरात्र खटिनुपर्छ । तर दुई हेलिकोप्टर भारतमा पुगेको लामो समय भइसक्यो । करोडौँ रकम पनि गयो । भएको हेलिकोप्टर सभिसिङ गर्ने बेला भइसकेको छ । तर एक वर्षसम्म चिफ सुतेर बसेको स्थितिमा छन् । 

तेस्रो हेलिकोप्टरको पार्टपुर्जा रसियाबाट ल्याउन नखोजेका होइनन् । तर यो क्लोजिङमा कुनै पनि बैंकले पैसा पठाउँदैनन् । भारतबाट पठाउन खोज्दा त्यो पनि मिलिरहेको छैन । बैंकहरूमा १५ असारबाट खाता बन्द हुन्छ ।

 

टिप्पणीहरू