सुन तस्करीमा संलग्न अमला रोक्का पक्राउ
६१ किलो सुन तस्करी प्रकरणका आरोपित अमला रोक्का पक्राउ परेकी छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई आज काठमाडौँको टोखाबाट नियन्त्रणमा लिएको हो ।
रोल्पाको थवाङ्ग घर भएकी अमला तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । सुन तस्करीका नाइके दावा उतिबेलै पक्राउ परेपनि अमला भने फरार थिइन् ।
ठमेलमा भियना होटल सञ्चालन गर्दै आएकी उनीविरुद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।
टिप्पणीहरू