प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा
पर्साको बहुदरमाई र पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले आज दुई प्रमुख प्रशासकीय अधिकृतसहित चार जनालाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा पहिले पोखरीया र अहिले बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका अजयकुमार श्रीवास्तव, नायब सुब्बा संदीप साह, पोखरीयाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह र वडा नम्बर २, का सचिव ओमप्रकाश चौरसिया छन् ।
उनीहरुले आपसी मिलेमतोमा पोखरीया नगरपालिकाका विभिन्न योजना स्वीकृत, कर्मचारी नियुक्तिलगायत विषयमा अनियमितता भएको उजुरी परेकोले अनुसन्धानका निम्ति पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साहबाट चार वटा मोबाइलसमेत बरामद गरेको छ । यस्तै, अर्का प्रशासकीय अधिकृत सिंह र वडासचिव चौरसियाबाट पनि एक–एक वटा मोबाइल बरामद गरिएको छ ।
टिप्पणीहरू