स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले फिल्डिङको निम्तो पाएको छ ।
घरेलु टोली स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो ।
नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ । अलराउण्डर करण केसीलाई विश्राम दिएर रिजन ढकाललाई प्लेइङ ११ मा राखिएको हो ।
आजको खेलमा जित्ने टोली उपाधि विजेता हुनेछ । ३ खेल खेलेको नेपाल २ मा जित र १ मा हारसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको स्कटल्याण्ड तेस्रोमा छ ।
टिप्पणीहरू