श्रीमान्, अब झन् सावधान
बूढी मरेकोमा होइन काल पल्क्यो भनेर डराउनुपर्ने नेपाली उखान सम्झाउँदै न्यायाधीश डा. खुशीराम थारूविरुद्धको ‘मोसो प्रकरण’ले नयाँ बहसको ढोका खोलेको छ ।
सर्वोच्चका न्यायाधीश रणबहादुर बम र सशस्त्र आइजिपी कृष्णमोहन श्रेष्ठलाई मर्निङ् वाकमा हिँड्दाहिँड्दै गोली हानेर मारिएको घटना पुरानो भए पनि सर्वसाधारणको दिमागबाट हट्न नसकेको बेला न्यायाधीशको च्याम्बरभित्रै मोसो दलिएपछि स्वाभाविक रूपमा एउटा प्रश्न उठेको छ, ‘मोसोको बदला पेस्तोल प्रयोग गरेको भए के हुन्थ्यो ? पेट्रोल खन्याएर जिउमै आगो सल्काएको भए के हुन्थ्यों ?’ यो घटनाले गम्भीर विषयमा फैसला र निर्णय गर्दा त्यसले जनमानसमा पार्ने प्रभावबारे ख्याल गर्नुपर्ने अवस्था पनि औंल्याएको छ । प्रकृतिले नै न्यायाधीशहरू सदैव तरवारको धारमा हुन्छन् ।
पक्षविपक्ष दुवैलाई खुशी पार्नै सकिन्न । जे प्रमाणले बोल्छ, त्यसैका आधारमा न्याय निरूपण गर्ने हो । तर, जिउँदै मान्छे पोलेर सर्वोच्च समेतको आदेशमा ६ वर्षदेखि थुनिँदै आएका आलम प्रभाव र पहुँचकै आधारमा न्यायाधीशद्वारा निर्दोष ठहर्याए पनि जनताले पत्याएका छैनन् । यसैलाई आधार बनाउँदै विद्रोही र पपुलिस्ट हुन खोज्नेहरूले न्यायाधीश थारूमाथि कालो छर्केका हुन् ।
प्रधानन्यायाधीश र न्यायपरिषद्ले खुशीप्रसाद खुशी हुनुको कारण पत्ता लगाउनतिर कस्सिएको भए शायद अदालतले यस्तरी असुरक्षित हुनुपर्ने थिएन । न्यायक्षेत्रमा यी र यस्तै अरु २–३ वटा आदेश आउन थाले भने झनै भयावह अवस्था आउने आँकलन गर्न सकिन्छ ।
टिप्पणीहरू