मेलम्चीमा बस पल्ट्यो, यात्रु सबै घाइते

मेलम्चीमा बस पल्ट्यो, यात्रु सबै घाइते

सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । तीपेनीबाट आउँदै गरेको बागमती प्रदेश ३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस मेलम्ची नजिकै पल्टेको बताइन्छ । 

बसमा रहेका सबै सातै जना यात्रु घाइते भएका छन् । चालक महेश्वर ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

अन्य घाइतेमा अनिल भण्डारी, सुस्मिता ज्योती, पेमा लामा, नोर्कि तामाङ, विनायक ढकाल र रामचन्द्र पौडेल हुन् ।
 

टिप्पणीहरू