२२ वर्षीया युवती तीन तलाबाट हामफालिन्

२२ वर्षीया युवती तीन तलाबाट हामफालिन् तस्बिर एआईको सहयोगमा

चितवनमा एक युवती घरको छतबाट हामफालेर घाइते भएकी छिन् ।

गएराति करिब पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागी गम्भीर हालतमा उपचारको लागि भरतपुरस्थित मेडिकल कलेजमा ल्याइएको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भएकी राधिका सोही फार्मेसीका सञ्चालक अं. वर्ष २८/२९ को योगेश अधिकारीसँग विवाद भई छतबाट हामफालेकी भन्ने सामान्य जानकारी आएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षक जयनेपाल थापाको कमाण्डमा टोली खटिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

टिप्पणीहरू