१० महिनामै प्रधानमन्त्री निलम्बित

१० महिनामै प्रधानमन्त्री निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री पैटोङ्गटार्न सिनावात्रालाई निलम्बन गरिएको छ । त्यहाँको संवैधानिक अदालतले सिनावात्रालाई निलम्बनको आदेश दिएको छ ।

जुन १५ मा सिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग गरेको गोप्य फोनसंवादको अडियो सार्वजनिक भएपछि उनको आलोचना शुरु भएको थियो । फोनसंवादमा सिनावात्राले आफ्नै देशका सेनाको आलोचना गरेको बताइन्छ ।

अडियो सार्वजनिक भएसँगै सांसदहरुले सिनावात्रालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका थिए । तर सिनावात्राले सैनिक रणनीति बलियो बनाउनको लागि मात्र फोनवार्ता भएको दावी गर्दै आइन् । त्यसपछि ३६ सांसदले सिनावात्राविरुद्ध संवैधानिक अदालतमा मुद्दा दायर गरेकोमा आज निलम्बनको आदेश भएको हो ।

३६ वर्षीया सिनावात्रा १० महिनाअघि प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकी हुन् ।

टिप्पणीहरू