एमालेको कोटाबाट को जालान् सर्वोच्च ?

एमालेको कोटाबाट को जालान् सर्वोच्च ?

सर्वोच्च अदालतको न्यायाधीशमा सोमबार तीन जनाको नियुक्ति भए पनि अझै एक पद खाली छ । एमाले कोटाबाट एक जना वकिलको नाम सिफारिस हुन बाँकी छ ।

स्रोतले भन्यो, ‘इश्वरी भट्टराईको नाम गएको भन्ने सुनेका छौं । पहिले केदार कोइराला आकांक्षी थिए । नेपाल बारमा महासचिव भए । हरि फुयाँलको रोजाइ केदार दाहाल हुन् तर इश्वरी नै जान्छन् होला ।’ 

यता, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विशेष अदालतको टिम नै परिवर्तन गर्न खोजेको स्रोतको दावी छ । जसअनुसार अध्यक्षमा बुटवलका वासुदेव आचार्यलाई ल्याउने तयारी छ । २०७० सालमा न्यायाधीश हुनअगाडिसम्म अर्घाखाँची कांग्रेसको सचिव थिए । बाँकीमा विराटनगर उच्चका धु्रवराज नन्द र जनक पाण्डेलाई ल्याउन खोजिएको बताइन्छ । 

पाण्डे यसअघि श्रम अदालतको अध्यक्ष भइसकेका छन् । जसले बालकृष्ण खाँणलाई छोड्ने आदेश सदर गरेका थिए । लामो समय पाटन उच्च र श्रम अदालतमा बसिसकेका छन् । मोहन बस्नेतलगायतलाई भ्रष्टाचार प्रकरणबाट सफाइ दिन टिम चेञ्जको पात्र खोजिएको एकथरीको तर्क छ । 

यता, नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई छोड्न पनि कानुनमन्त्री अजयकुमार चौरसियाले फोनमार्फत हैरानै बनाएको बुझिएको छ । 

अहिलेका प्रधानन्यायाधीशले म यहाँ रहुञ्जेल चोलेन्द्रको पेन्सन पट्टा र महाभियोगसम्बन्धी मुद्दा केही पनि टुंग्याउँदिन भन्ने गरेको बुुझिएको छ । ५२ भाइको मुद्दा त सहेर बसेँ, चोेलेन्द्र त के हो र भन्न थालेको समेत चर्चा छ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता वैद्यको मुद्दा सहजै टुंगिने माहौल देखिँदैछ । 

टिप्पणीहरू