एमाले नेतृको प्रस्ताव दुई करोड, लगानीकर्ता शून्य
नेकपा (एमाले)की नेतृ शान्ता चौधरीको प्रस्ताव ‘शार्क ट्यांक नेपाल’मा अस्वीकृत भएको छ । उनको प्रस्तावमाथि कसैले चासो नदेखाएपछि थप लगानीको सम्भावना टरेको हो ।
युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने र लगानी जुटाइदिने उद्देश्यले हालै सञ्चालनमा आएको उक्त रियालिटी शोमा पूर्व सांसद समेत रहेकी चौधरी पनि सहभागी भएकी थिइन् । ‘शान्ताको अचार’ कम्पनीका लागि दुई करोड लगानीको प्रस्ताव गरेकी थिइन् ।
डेढ वर्षअघि स्थापना भएको कम्पनीले हाल डेढ दर्जनभन्दा बढी प्रकारका अचार उत्पादन गरिरहेको जानकारी गराइन् । पछिल्लो समय विदेशबाट पनि अचारको माग बढिरहेको तर पुर्याउन नसकिएको भन्दै उनले लगानी प्रस्ताव गरेको बताइन् । हाल कम्पनीको क्षेत्रफल सानो रहेको र न्यून जनशक्तिले काम गर्दै आएकोमा त्यसलाई विस्तार गर्दै जनशक्ति थपेर ठूलो मात्रामा अचार उत्पादन गर्ने योजना सुनाउँदै उनले दुई करोडको लगानी प्रस्ताव गरेकी हुन् ।
तर उनको योजना र प्रस्तावमा कसैले पनि रुचीन देखाएनन् । पाँचै जना शार्कले बरु उनको कमलरीदेखि सांसदसम्मको कथा सुने, र आगामी व्यवसायको लागि शुभकामना दिँदै रित्तो हात फर्काए ।
उक्त रियोलिटी शोको केही अंकमै कतिपय युवा स्टार्टअपको लागि न्यूनतम ४० लाखदेखि तीन करोडसम्मको लगानी जुटाउन सफल भइसकेका छन् ।
टिप्पणीहरू