बिरामीको हवाई उद्धारमा पालिकाको लाखौं खर्च

बिरामीको हवाई उद्धारमा पालिकाको लाखौं खर्च

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बिरामीको हवाई उद्धारमा पौने ३७ लाख रकम खर्च गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा पालिकाबाट गरिएको दुई दर्जन बिरामीको हवाई उद्धारमा सो रकम खर्च भएको हो । 

गाउँपालिकाले आज सार्वजनिक गरेको विवरणअनुसार २५ जना स्थानीय बिरामीको आपतकालीन अवस्थामा हेलिकप्टारमार्फत उद्धारमा कुल ३६ लाख ७४ हजार ४८० रुपैयाँ खर्च भएको छ । 

पालिकाका अनुसार विभिन्न वडाबाट बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं, लुक्ला, फाप्लु, टाक्सिन्दुलगायत स्थानमा रहेका अस्पतालसम्म पुर्याइएको हो । 

ठाउँअनुसार एउटै बिरामीको हवाई उद्धारमा दश हजारदेखि सवाँ चार लाख रुपैयाँसम्म खर्च भएको छ । उडानमा स्नो आइस ट्राभल एन्ड टुर्स, अल्टिच्युड एयर, एभरेष्ट हेली, कैलाश हेलिकप्टर, तारा एयर, एयर डाइनेस्टी, मनाङ एयर र माउन्टेन हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ ।

टिप्पणीहरू