नदीमा बगेका भारतीय युवकको शव नहरमा
रौतहटको नहरमा एकजना भारतीय युवकको शव फेला परेको छ । स्थानीय गुजरा–७ पल्टुवास्थित कुर्मीटोलमा बागमतीको पानी ल्याइएको नहरमा शव फेला परेको बताइएको छ ।
सशस्त्र प्रहरी बल रौतहटका अनुसार शव भारतीय राज्य बिहारको खगडिया जिल्लास्थित पछौरा–२ का ३० वर्षीय रोहित कुमार सिंह हुन् । शव परिवारको जिम्मा लगाइएको छ ।
साउन १० गते बागमती नदीमा नुहाउन गएका सिंह बेपत्ता भएका थिए ।
टिप्पणीहरू