माग्नेद्वारा २५ हजार दान
अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले मामाघर आश्रम स्थापनाको लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । पशुपतिनाथ परिसरमा जारी महायज्ञमा पुगेर उनले सो रकम दान गरेका हुन् ।
मानव सेवा फाउन्डेसनले आयोजना गरेको महायज्ञमा घिमिरेले आफू अभिनित चलचित्र ‘माग्ने राजा’ को प्रचार समेत गरेका छन् । उनीसँगै अभिनेत्री वर्षा शिवाकोटी पनि पशुपति पुगेकी थिइन् ।
यसअघि कलाकारहरु दिपाश्री निरौला, रचना रिमाल, प्रताप दासलगायतले पनि महायज्ञमा पुगेर दान गरिसकेका छन् ।
टिप्पणीहरू