रुकुममा स्वर्गीय आनन्द
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतको पुपाल बुकि, पानीडाल र कुन्दला क्षेत्र अहिले एक नयाँ पर्यटकीय गन्तव्यको रूपमा चर्चामा छ ।
मैकोटबाट करिब १० घण्टाको पैदल यात्राबाट पुगिने ती ठाउँ अनमोल प्राकृतिक सौन्दर्य, शान्त वातावरण फूलैफूलको सुन्दरताले भरिपूर्ण देखिन्छ । यात्रा गर्दैगर्दा डुले र फिडिमा विश्राम गर्दै चिसो हावासँगै हरियाली प्रकृतिले यात्रुलाई प्रकृतिको सामीप्यमा पुर्याएको पत्तो हुँदैन ।
अहिले पुपाल र बुकि केवल ट्रेकिङ प्रेमीहरूको लागि मात्र नभई प्रकृतिप्रेमी र साहसिक यात्रा गर्नेहरुको लागि नयाँ गन्तव्य बन्ने सम्भावना बोकेको छ ।
टिप्पणीहरू