वाटर सिटीमा समुद्रको भरपूर आनन्द

वाटर सिटीमा समुद्रको भरपूर आनन्द

समुद्रले नछोएको चीनको वुहान शहरलाई वाटर सिटी नाम दिइएको छ । सोही शहरमा हालै ‘ग्रीन फाउन्डेसन्स फर ए हब सिटी’ विषयक सेमिनार आयोजना गरिएको थियो । सेमिनार शहरमा भएका उच्च वातावरणीय प्रयास, नदी र तालहरूको संरक्षण र एकीकरणमा केन्द्रित थियो।

वातावरण र पर्यावरणीय संरक्षणको प्रयासका लागि भएको रामसार सम्मेलनका उपमहान्यायाधिवक्ता जे अल्डर्सले वुहानको वनस्पति संरक्षण प्रयासको प्रशंसा गर्दै वुहानले गरेको १६५ नदी र १६६ तालको व्यवस्थापनलाई विश्वस्तरीय उदाहरण भनेका छन् । सेमिनारमा गर्मीमा इस्ट लेकको किनार सुनौलो बाढीले ढाक्नु, पानीको छेउमा भलिबल प्रतियोगिता गर्नु र चाङ्दु तालमा डुबेका जंगलले शहरको जलसँग गाँसेको गहिरो सम्बन्धबारे चर्चा भएको थियो ।

नदी र तालको शहर वुहान चीनको मध्य भागमा अवस्थित छ । समुद्रले नछोए पनि यहाँ समुद्रको जस्तै अनुभव हुने गरेको सहभागीहरुको भनाई थियो । वुहानको परिचय यसरी दिइएको थियो, ‘यहाँका नदीहरू गर्मीमा विशाल तालमा मिसिन्छन्, हरिया दलदली क्षेत्रहरू समुन्द्री लहरझैं फैलिन्छन्, वरपरका सुनौलो बालुवाले समुद्रको किनारलाई सम्झाउँछ भने अग्ला भवनहरूको झ्यालबाट समुद्री लहरको अनुभूति लिन सकिन्छ ।’ शहरको कुल क्षेत्रफलको एक चौथाई भाग जलले ढाकेको छ । त्यसैले यो शहर निकै खुला र विशाल देखिन्छ । 

गर्मीमा फैलिएको जल सतहले जब निलो आकाशलाई छुन्छ वुहानमा भूमध्यसागरको दृश्य पनि देखिन्छ । इस्ट लेकको किनारमा बीच भलिबल प्रतियोगिता, नरिवलका रुखसँगै मूनलाइट बेमा फ्लोटिङ टिकी बारमा लिची र नरिवलको ककटेलले छुट्टै आनन्द दिने पर्यटकहरुको अनुभव छ । 

स्थानीयका लागि ‘नदी–ताल–समुद्र’ दैनिक जीवनको हिस्सा हो । बालुवा, खुला स्नान क्षेत्र र डुङ्गा—सबै तटीय अनुभव वुहानमा उपलब्ध छन् । फ्रान्सेली पर्यटक एलिज डुब्वोइसले भनेका छन्, ‘चाङ्दु तालमा डुबेको जंगलमा क्याकिङ गर्दाको मनमोहक दृश्यको वर्णन गर्न सकिँदैन ।’
वुहान यस्तो शहर हो जहाँको ताल र नदीमा सुन्दर पक्षी क्रेनको बथान कराउँदा डुङ्गाको आवाजले समुद्री लहरको गीतको माहोल सिर्जना गर्छ । त्यसैले समुद्रको अनुभवका लागि चीनको मुटुमा रहेको वुहान भ्रमण गर्नु सबैभन्दा उत्तम यात्रा हुने छ ।

टिप्पणीहरू