चीनमै रोकिए फलफूल बोकेका सयौं कन्टेनर
कोदारी राजमार्ग अवरुद्ध हुँदा प्याज, लसुन र फलफूल बोकेका सयौं कन्टेनर चिनियाँ भूमिमा रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भइसक्दा पनि राजमार्ग सुचारु हुन सकेको छैन ।
करिब दुई किलोमिटर क्षेत्रमा गएको पहिरोले याताया अवरुद्ध भएको बताइन्छ । चीनतर्फ त्यस्ता सामान बोकेका ६ सय कन्टेनर चीनमा रोकिएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले जनाएको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार पहिरोमा लेदो बग्ने क्रम रोकिएपछि सडक सुचारु हुने छ ।
टिप्पणीहरू