शंकरका सामु विद्याको समर्थन

शंकरका सामु विद्याको समर्थन

भाद्र ३ गते सुन्दर नगर मेलम्चीमा एमालेको १ दिने बैठक सम्पन्न भयो । ‘बैठक नाम मात्रको थियो, प्रतिनिधि परिषद् बैठकमा जिल्लाको समग्र रिपोर्टिङ, पार्टीको अवस्थाबारे केही बोल्न दिइएन, यो त अन्तरक्रियाजस्तो पनि भएन’ । जिल्ला प्रतिनिधि परिषद्का एक प्रतिनिधिले भने । 

कमिटीका पूर्व जिल्ला अध्यक्ष कमल नेपालले ‘आज मैले बोल्न पाइन भने, भाँडभैलो गर्छु’ भनेपछि पदाधिकारीहरू दोहोरो मारमा परेका थिए । उनलाई मात्र बोल्न दिने कुरा भएन, अरू प्रतिनिधिले पनि बोल्न थाले भने बैठक लम्बिने खतरा देखेपछि शुरुमा जसले हात उठाउँछ, उसैलाई दिने मध्यमार्गी उपाय निकालियो । 

अध्यक्ष होमनारायण श्रेष्ठले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरेपछि प्रतिनिधिलाई बोल्न समय दिइएको थियो । शुरुमै कमल नेपाल, बासु अधिकारी र सुदनराज गिरीले हात उठाएपछि तीन जनालाई मात्र समय दिइँदा इन्द्रावती गापा–५ का वडाअध्यक्ष तथा प्रवक्ता शशीनाथ आचार्यलगायत धेरैले बोल्न पाएनन् । 

बोल्न पाउनेले विद्या भण्डारीको सदस्यता रोकेर पार्टीले सही काम नगरेको भन्दै आलोचना गरे । प्रमुख अतिथि महासचिव बोलेर हिँडेपछि अरूण नेपाल, शेरबहादुर तामाङ आदि बोल्ने बेलामा हल खाली भएको थियो । 
 

टिप्पणीहरू