भारतमा सवारी दुर्घटना : चार नेपालीको निधन
भारतको हिमाञ्चल प्रदेशमा भएको जीप दुर्घटनामा चार नेपालीको ज्यान गएको छ । तीमध्ये तीन जना एकै परिवारको भएको बताइन्छ । दुर्घटनामा दुई जना घाइते छन् ।
सिमला जिल्लाको कोटखाई नजिक भएको दुर्घटनामा ज्यान गुमाएकामा कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट हुन् ।
नवभारत टाइम्सका अनुसार घाइते नवराज शाही र हिमबहादुर शाही उपचारपछि घर फर्केका छन् ।
टिप्पणीहरू