रविसँगै भागेका कैदीले गरे श्रीमतीको हत्या
नख्खु कारागारबाट भागेका एक कैदीले घर फर्किएर श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले ३० वर्षीया मनिषाको हत्या गरेका हुन् ।
तीन दिनदेखि वेपत्ता बनेकी मनिषा आज घर नजिकैको बारीमा मृत अवस्थामा भेटिएकी छन् । सन्तबहादुर भने फरार रहेको प्रहरी जनाएको छ ।
सन्तबहादुर कारागारबाट फर्किएपछि मनिषासँग झगडा परेको स्थानीयले प्रहरीलाई जनाकारी गराएका छन् । अहिले प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ ।
सन्तबहादुर बलात्कारको मुद्धामा चार वर्षदेखि नख्खु कारागारमा थिए । तर, भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहितको भीडले सो पार्टीका सभापति रवि लामिछानेलाई छुटाउँदा सन्तबहादुर पनि कारागारबाट भाग्न सफल भए । अहिले उनको खोजी भइरहेको छ ।
टिप्पणीहरू