जेनजी प्रदर्शनका आह्वानकर्ता आज बालुवाटार
प्रधानमन्त्री सुशीला कार्कीलाई जेन-जी प्रदर्शनको मुख्य आह्वानकर्ता भनिएका मिराज ढुंगानाले भेटेका छन् ।
सरकार गठन हुँदै गर्दा ओझेलमा पारिएका ढुंगानाले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् । भेटमा उनले जेन-जीको मागलाई सम्बोधन गर्नेगरी काम गर्न आग्रह गरेको बताइएको छ ।
टिकटकमा ‘नेपो बेबी’ ट्रेण्ड व्यापक बनेपछि ‘डिस्कर्ड’ नामक प्ल्याटफर्म (त्यतिबेला फेसबुक बन्द थियो)मार्फत् ढुंगानाले सेप्टेम्बर ८ का दिन माइतीघरमा भेला हुन युवाहरुलाई आह्वान गरेका थिए । तर, प्रदर्शनको क्रममा भने उनी अग्रपंक्तिमा देखिएनन् ।
हालै एक अन्तर्वार्तामा ढुंगानाले सेप्टेम्बर ७ को दिन साँझ प्रदर्शनमा सहभागी नभइदिनको लागि आग्रह गर्न दुर्गा प्रसाईलाई भेटेको र त्यसपछि आफ्नै समूहबाटै थ्रेट आएको बताएका थिए । उनलाई कसले थ्रेट दियो, त्यो भने खुलाएका छैनन् ।
तर भनेका छन्, ‘सुदन गुरुङ त एनजिओ चलाएर बसेको मान्छे, उहाँ जेनजी होइन, के भयो भयो !’
टिप्पणीहरू