सालकको खपटा बोेकेका नुवाकोटेहरु काठमाडौंमा पक्राउ

सालकको खपटा बोेकेका नुवाकोटेहरु काठमाडौंमा पक्राउ

संरक्षित वन्यजन्तु सालकको खपटा तथा छाला बिक्री गर्न हिँडेका दुई जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–८, शिवमन्दिर चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीका अनुसार नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुंगाना पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू