मोटरसाइकल र्‍यालीपछि युवा संघको कोणसभा

मोटरसाइकल र्‍यालीपछि युवा संघको कोणसभा

राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली निकाल्ने भएको छ । संघको केन्द्रीय कमिटीले जेन जी प्रदर्शन र विध्वंशमा भएको मानवीय र भौतिक क्षति, सरकारले दण्डहीनतालाई प्रशय दिएको र गरेका असंवैधानिक निर्णयहरुको विरुद्ध र्‍याली आयोजना गर्न लागिएको जनाएको छ । 

यतिखेर आम जनतामा फैलिएको निराशालाई आशामा परिणत गराउन तथा आन्दोलनको क्रममा भएका अराजक क्रियाकलापले मनोबल गिरेका राष्ट्रसेवक कर्मचारी तथा प्रहरी प्रशासन समेतको मनोबल वृद्धि गर्ने र्यालीको उद्देश्य रहेको बताइन्छ ।  विशेषगरी शान्ति पुनःस्थापन तथा जनताको भौतिक सुरक्षा प्रत्याभूति गराउनुपर्ने माग सहित आज दिउँसो १ बजे तीनकुनेबाट बृहत् मोटरसाइकल र्‍याली निकाल्न लागिएको हो ।

र्‍याली तीनकुनेबाट नयाँ बानेश्वर, माईतीघर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, गौशाला हुँदै पुनः तीनकुने पुगेपछि कोणसभा हुने जानकारी दिइएको छ । यसअघि पनि संघले आयोजना गर्न लागेको मोटरसाइकल र्यालीलाई काठमाडौं जिल्ला प्रशासनले रोक लगाइदिएको थियो ।

टिप्पणीहरू